Viber: 9801188110

By: Pawan Shrestha April 25, 2019
Vastu Tips for Wealth and Prosperity – समृध्दी हुनकालागि वास्तुका जुक्तिहरू

समृध्द हुनकालागि वास्तुका जुक्तिहरू  (Vastu Tips for Wealth – Gain Money & Get Rich)

वास्तु अनुसार समृध्ढी, धन तथा सम्पतिका लागि सधैँ कुबेर भगवानलाइ खुसि बनाउनु पर्छ । कुबेर धन तथा सम्पतिका भगवान हुन । कुबेर भगवान खुशि भएमा धन तथा सम्पतिकाे बर्षात हुन्छ। वास्तुका तल उल्लेखित जानकारिहरूले  कुबेर भगवानलाइ खुशि बनाउन हामिलाइ सजिलाे बनाउँछ।

समृध्द हुनकालागि वास्तुका जुक्तिहरू

१.    पैसा तथा गरगहना राख्ने सेफ तथा लकर सँधै दक्षिण तथा दक्षिण पश्चिम दिशामा राख्नुहाेस र त्यसकाे ढाेका सँधै उत्तर दिशा तिर खाेलिने हुनुपर्छ । उत्तर दिशा कुबेर भगवानकाे हाे त्यसैले सेफ तथा लकर उत्तर दिशा खाेलिएका धनकाे वर्षा तथा सन्चय हुन्छ ।

२.   दक्षिण पश्चिम दिशामा कहिले पनि जमिन भन्दा तल जाने समरचना नबनाउनु हाेला जस्तै पानी भएकाे पाेखरी, स्विमिगँ पुल अादी ।

३.   कहिले पनि पैसा तथा गरगहना राख्ने सेफ तथा लकर कुनै  बिमकाे तल नराख्नुस यदि राखिएमा परिवार र ब्यापारमा धनकाे नाश हुनसक्छ ।

४.   बिज्ञहरूकाे भनाइ अनुसार पैसा तथा गरगहना राख्ने सेफ तथा लकरकाे अगाडि  एेना राखेमा त्यहा भएकाे धन दबल हुनसक्छ ।

 

५.   उत्तर पुर्व दिशा लाइ सँधै सफा तथा खल्ला राखिएमा त्यसले धनलाइ तपाइतिर अर्कषित  गर्छ । उत्तर पुर्व दिशा कहिले पनि गह्राैँ चिज नहाल्नु हाेला।

६.   घर बनाउँदा तपाइकाे घरकाे उत्तर पुर्व दिशा अगादि धेरै ठुलाे भवन, मन्दिर नभएकाे राम्राे यसले धनकाे नाश हुनसक्छ । यदि भएमा त्यस्ता भवनहरूकाे तपाइकाे घर तथा जग्गामा स्ता भवनहरूकाे छाँया नपरेकाे हाेस।

७.   भवन तथा जग्गाकाे उत्तर पुर्व दिशाकाे पर्खाल वा बाउन्दरी वाल कहिले पनि घुमाैराे वा गाेलाे वा कर्भ नबनाउनु हाेला , सदैव ९० डिग्रिमा बनाउनु हाेस।

८.   भवन तथा जग्गाकाे दक्षिण पश्चिम दिशालाइ सदैब उत्तर पुर्व दिशा भन्दा अग्लाे बनाउनु हाेस।

 

९.   भवनकाे दक्षिण र पश्चिम दिशाकाे गाह्राे वा वाल सदैब उत्तर र पुर्व दिशाकाे गाह्राे वा वाल भन्दा अग्लाे तथा बाक्लाे हुदाँ राम्राे ।

१०.  सदैब जग्गा किन्दा अथवा घर बनाउने जग्गा सदैव सडककाे लेबल वा सडक भन्दा माथि भएकाे धेरै राम्राे । सडक भन्दा तलकाे जग्गा कहिले नकिन्नु हाेस तथा त्यस्ताे जग्गमा घर नबनाउनुस र नबस्दा राम्राे ।

११.  वास्तु अनुसार जमिन तथा घरकाे दक्षिणपश्चिम दिशामा ठुला रूखहरू राेप्नु धेरै राम्राे यसले धन सम्पति तथा समृध्दिमा स्थिरता हुन्छ। यस्ताे भएमा धन नाश हूँदैन तथा नराम्रा घटना पनि तर्छ ।

१२.  वास्तु अनुसार जमिन तथा घरकाे उत्तरपुर्व दिशामा  कहिले पनि ठुला रूखहरू नराेप्नु  हाेस यसले  धन सम्पति तथा समृध्दिमा बाधा हुन्छ। 

 

१३.  घरकाे मध्य भाग जसलाइ ब्रम्ह स्थान भनिन्छ त्यस ठाउँलाइ सदैव खालि राख्नुहाेस। त्यस ठाउँमा मन्दिर बाहेक अरू कुनै सम्रचना नबनाउँदा राम्राे ।

१४.  भण्डार वा स्ताेर काेठा सदैब घरकाे दक्षिण पश्चिम दिशा वा पश्चिम दिशा बनाउनु हाेस ।

१५.  घरकाे झ्याल तथा ढाेका सदेब सफा राख्नुहाेस । यदि फाेहर भएमा  यसले धनकाे प्रवाहमा राेक ल्याउँन सक्छ ।

१६.  वास्तु अनुसार घरकाे टाेइलेट तथा भान्छाकाे धारा तथा पाइपमा  लिकेज वा चुहावत हुनु धेरै नराम्राे हाे । यसले धनकाे नाश तथा धन खेर जान सक्छ ।

 

१७.  उत्तर पुर्व दिशामा पानीकाे फाेहरा वा सफा पाेखरि राख्नु धेरै राम्राे । सफा तथा चलिरहेकाे पानीले सदैब धन तथा सकारात्मक उर्जाकाे बहाब गर्छ ।

१८.  उत्तर पुर्व दिशामा सफा पानीले भरेकाे माछाकाे अक्वारिम राख्दा धेरै राम्राे हुन्छ ।

 

१९.  घरकाे मुल ढाेका वास्तु अनुसार राख्नुस र त्यसलाइ सधै सफा राख्दा घरमा धानकाे सहज प्रवेस हुन्छ ।

२०.  घरमा अाउने चराहरू लाइ सधै पानी र खाना दिनुस यसाे गर्नाले घरमा सदैब धन तथा सकारात्मक उर्जाकाे बहाब गर्छ ।

२१.  बैजनी रगँले धन सम्पतिकाे पहिचान गर्छ त्यसेले घरमा बैजनी रगँकाे प्रयाेग गर्दा  सदैब धनकाे बहाब हुन्छ 

 

KUBER YANTRA for LESS EXPENSES AND MORE WEALTH. (Download, Print and Paste in the center North Wall facing South or in the Puja Room)

कुबेर यन्त्र लाइ प्रिन्त गरि पुजाकाेठा वा उत्तर दिशाकाे गाह्राेमा राख्नु भएमा धनकाे सन्चय र बृदी हुन्छ ।

Know more about Best Entrance of House as Per vastu. Click the Link.

Effect of position of main door of house as per vastu shastra

वास्तुशास्त्रका अनुसार भवनकाे मुख्य द्वारका असरहरू

Nepal Construction Mart provides interior design service for our bedroom, living room and other rooms of your home.

For Inquiry, Quotation and further information Contact Us at:

nepalconstructionmart.com

T:  015261045 or 9801188110

E:  nconstructionm@gmail.com

F: https://www.facebook.com/NepalConstructionMart/

Subscribe our Newsletter Be the first to know