Viber: 9801188110

By: Pawan Shrestha December 20, 2018
Effect of Position of Main Door facing North Direction

उत्तर दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरूः

तल पाेष्ट गरिएकाे चित्रमा उत्तर दिशामा भवनकाे मुख्य द्वार कहाँ छ पत्ता लगाउनुस र असरहरू तल उदल्लेख गरिएका छन् ।

उत्तर दिशामा भवनकाे मुख्य द्वार २५ देखि १ नम्बर सम्म  हुन्छन् ।  तपाइकाे भवनकाे मुख्य द्वार उत्तर दिशामा २५ देखि १ नम्बर सम्म जहाँ छन् त्यसका असर तल  उल्लेख गरिएका छन् ।

वास्तु शास्त्रका अनुसार उत्तर दिशामा भवनकाे मुख्य द्वार कहाँ छ त्यसका अरसहरूः

उत्तर दिशाः

वधवन्धाे रिपुवृद्दिः सुतधनलाभः समस्तगुणसम्पत् । पुत्रधनाप्तिर्वैरं सुतेन दाेषाः स्त्रिया नैः स्वम् ।।

वर्ग २५ः  (राेग)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा मृत्यु, बन्धन, स्त्रीहानी तथा निर्धनता हुन्छ।

वर्ग २६ः  (नाग)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा शत्रु वृद्वि, निर्बलता तथा भय हुन्छ।

वर्ग २७ः  (मुख्य)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र र धनकाे लाभ हुन्छ ।

वर्ग २८ः  (भल्लाट)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा धन धान्य, धन लाभ, सम्पतिमा वृद्दि तथा समृद्धि र विकास हुन्छ।

वर्ग २९ः  (साेम)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा पुत्र र धनकाे लाभ, सर्व समृद्धि – सबै प्रकारका लाभहरू हुन्छ।

वर्ग ३०ः  (मृग)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा राज भय तथा शत्रु भय हुन्छ ।

वर्ग ३१  (अदिति)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा कुल स्त्रीमा दाेष, शत्रु भय तथा मानसिक अशांति हुन्छ ।

वर्ग ३२ः  (दिती)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा धनागमन तथा सर्व समृद्धि राेकिन्छ ।

वर्ग १ः  (शिखि)

यस वर्गमा भवनकाे मुख्य द्वार भएमा दुःख र अग्नीकाे भय हुन्छ ।

 

पुर्व दिशामा भवनकाे मुख्य द्वार  कहाँ छ त्यसकाे वास्तु शास्त्रका अनुसार असरहरू बुझ्न याे लिङ्क  क्लिक गर्नुहाेस 

थप जानकारिका लागि ९८०११८८११० अथवा नेपाल निर्माण सेवामा हामीलाई सम्पर्क गर्नुहाेस ।

Subscribe our Newsletter Be the first to know